दफा २३५
पक्षहरूलाई तारिखमा राख्नु पर्ने

(१) मुद्दा फैसला गर्ने शुरु अदालतले चलन चलाई दिने, दाखिल, खारेज, नामसारी गरी दिने, निखनाई दिने वा अंशबण्डागरीदिने, बिगो भरी पाउने समेत गरी फैसला गरेकोमा मुद्दाका पक्षहरू अदालतमा हाजिर रहेको भए अदालतले फैसलाकार्यान्वयन गर्ने प्रयोजनको निमित्त पक्षहरूलाई त्यस्तो मुद्दामा पुनरावेदन गर्ने म्याद भुक्तान हुने अवधिकटाईतारिख तोक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको तारिखका दिनसम्म त्यस्तो मुद्दामा पुनरावेदन परेमा उच्च अदालतको फैसला बमोजिम हुनेगरीअदालतले पक्षहरूको तारिख टुटाई त्यस्तो मुद्दाको मिसिल तामेलीमा राख्नु पर्नेछ ।
(३) पुनरावेदन सुन्ने अदालतबाट समेत अन्तिम फैसला भएपछि उपदफा (१) बमोजिम मुद्दाका पक्षहरू अदालतमा हाजिर रहेकोभएफैसला कार्यान्वयन गर्ने प्रयोजनको निमित्त पक्षहरूलाई तारिख तोकी हाजिर हुन र पक्षहरू हाजिर नरहेको भए सोहीव्यहोरा जनाई मुद्दाको मिसिल सम्बन्धित शुरु अदालतमा पठाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम शुरु अदालतमा पक्षहरू हाजिर हुन आएमा अदालतले उपस्थित भएसम्मका पक्षलाई पैmसलाकार्यान्वयनकोप्रयोजनको लागि तारिखमा राख्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम पुनरावेदन सुन्ने अदालतबाट पक्षहरू तारिखमा नरहेको व्यहोरा लेखी आएमा, पक्षहरू तोकिएकोतारिखमाअदालतमा हाजिर हुन नआएमा वा शुरु अदालतको फैसला उपर पुनरावेदन नपरी मुद्दा अन्तिम भएमा र कुनै मुद्दाका पक्षअदालतमा हाजिर नभएमा शुरु अदालतले फैसला कार्यान्वयनको प्रयोजनको लागि पक्षहरूलाई अदालतमा उपस्थित हुनअनुसूची–२४बमोजिमको ढाँचामा पन्ध्र दिनको म्याद पठाउनु पर्नेछ।तर मुद्दाका दुवै पक्ष वा कुनै पक्ष तारिखमा नरहेको भए तारिखमा नरहेको पक्षलाई मिसिल प्राप्त भएको तीनदिनभित्र त्यस्तो म्याद पठाउनु पर्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि फैसला कार्यान्वयनको सिलसिलामा कुनै पक्षलाई तारिखमा राख्नआवश्यक नदेखिएमा अदालतले त्यस्तो पक्षलाई तारिखमा राख्ने छैन ।